प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ जोनाथनले आफ्नो बुबा साउललाई दाउदको विषयमा राम्रा-राम्रा कुरा सुनाए।+ जोनाथनले बुबालाई भने: “महाराजले आफ्नो सेवक दाउदको विरुद्धमा पाप गर्नु राम्रो होइन किनभने दाउदले हजुरको विरुद्धमा कुनै पाप गरेका छैनन्‌। उनले हजुरको लागि जे-जति गरेका छन्‌, त्यसले हजुरकै भलाइ भएको छ।

  • १ समुएल २५:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ दाउदलाई देखेपछि अबिगेल हतारहतार गधाबाट ओर्लिन्‌ अनि भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत्‌ गरिन्‌। २४ त्यसपछि दाउदको पाउ परेर तिनले भनिन्‌: “हे मेरा प्रभु! जे भयो, त्यसको दोष मैमाथि परोस्‌। तपाईँकी दासीलाई केही बोल्न दिनुहोस्‌; यस दासीको कुरा सुनिदिनुहोस्‌।

  • एस्तर ४:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मोर्दकैले उनलाई यस्तो जवाफ पठाए: “तिमी राजघरानाको सदस्य भएकीले अरू सबै यहुदी मारिए पनि तिमीचाहिँ बच्नेछ्यौ भनेर नसोच। १४ यदि तिमी यतिबेला चुपचाप बस्यौ भने यहुदीहरूको उद्धार गर्न अरू नै कोही निस्कनेछ+ तर तिमी र तिम्रो बुबाको घरानाचाहिँ नाश हुनेछौ। अनि के थाह, कतै तिमी यस्तै समयको लागि रानी भएकी पो हौ कि!”+

  • भजन १४५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूले तपाईँको शासनको महिमाको वर्णन गर्नेछन्‌+

      अनि तपाईँको पराक्रमको बखान गर्नेछन्‌+

  • हितोपदेश ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+

      बुद्धिमान्‌ मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्‍नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने