६ यस्ता मानिसहरू पनि छन्, जसले आफ्नो थैलीबाट सुन खन्याउँछन्,
चाँदीलाई तराजुमा जोख्छन्।
तिनीहरू सुनारलाई काममा लगाउँछन् र सुनारले त्यसबाट देवताको मूर्ति बनाउँछ।+
त्यसपछि तिनीहरू त्यही मूर्तिसामु लम्पसार पर्छन्, त्यसको पूजा गर्छन्।+
७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्+
र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन् अनि त्यो जहाँको त्यहीँ रहन्छ।
त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+
तिनीहरू त्यसलाई पुकार्छन् तर त्यसले केही जवाफ दिँदैन।
त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+