-
मत्ति १२:१५-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यसको सुइँको पाएर येसु त्यहाँबाट गइहाल्नुभयो। तब धेरै जना उहाँको पछि लागे+ र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+ १७ यसप्रकार यसैया भविष्यवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:
१८ “हेर! मेरो सेवक,+ जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु।+ म तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु+ अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्।
-