प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “हेर! अब म मर्ने बेला आइसक्यो।* यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन भनी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले थाह पाएकै छौ। ती सबै पूरा भएका छन्‌; तीमध्ये एउटा कुरा पनि फरक परेको छैन।+

  • यसैया ५५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन

      तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,

      रोप्नेलाई बिउ अनि खानेलाई अन्‍न दिन्छ,

      ११ मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै हुन्छ।+

      त्यो वचन पूरा नभई मकहाँ त्यसै फर्कँदैन।+

      मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्‌छ।+

      जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।

  • जकरिया १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर हेर, मेरा सेवकहरू—मेरा भविष्यवक्‍ताहरूलाई मैले जुन वचन र चेतावनीहरू सुनाउन आज्ञा दिएको थिएँ, के ती सबै तिमीहरूका पुर्खामाथि पूरा भएनन्‌ र?’+ त्यसैले तिनीहरू मकहाँ फर्के र यसो भने: ‘सेनाहरूका यहोवाले हाम्रो कामअनुसारै, हामीले रोजेको मार्गअनुसारै हामीसित व्यवहार गर्नुभयो, जसबारे उहाँले पहिल्यै चेतावनी दिनुभएको थियो।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने