प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्‌।+

  • २ राजा १७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्‍ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्‍ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।” १४ तर तिनीहरूले उहाँको कुरा सुनेनन्‌। आफ्ना परमेश्‍वर यहोवामाथि विश्‍वास नगर्ने तिनीहरूका पितापुर्खाजस्तै तिनीहरू पनि हठी भइरहे।+

  • २ इतिहास ३६:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

  • भजन ७८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्‌,

      जो अट्टेरी र विद्रोही पुस्ता थिए,+

      जसको मन स्थिर थिएन*+

      र जो परमेश्‍वरप्रति वफादार थिएनन्‌।

  • इजकिएल ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर इस्राएलको घरानाले तिम्रो कुरा पटक्कै सुन्‍नेछैन किनकि तिनीहरू मेरो कुरा सुन्‍नै चाहँदैनन्‌।+ सबै इस्राएलीको मन र दिमाग दुवै कठोर छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने