६ तपाईँले बलिदान र भेटीहरू चाहनुभएन+
बरु सुन्नको लागि मेरा कानहरू खोलिदिनुभयो।+
तपाईँले अग्निभेटी र पापभेटीको पनि माग गर्नुभएन।+
७ तब मैले भनेँ: “हेर्नुहोस्, म आएँ,
जस्तो कि मुठामा मेरो विषयमा लेखिएको छ।+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु+
अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+