प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९३ यहोवा राजा हुनुभएको छ!+

      उहाँले वैभव पहिरिनुभएको छ;

      यहोवाले शक्‍तिको वस्त्र धारण गर्नुभएको छ;

      उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।

      पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;

      त्यसलाई हल्लाउन सकिँदैन।*

  • यसैया ३३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+

      यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+

      यहोवा हाम्रा राजा हुनुहुन्छ;+

      हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+

  • मिका ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ खोच्याएर हिँड्‌नेहरूलाई म बाँकी राख्नेछु+

      अनि टाढा-टाढा लगिएकाहरूलाई एउटा शक्‍तिशाली राष्ट्र बनाउनेछु;+

      अनि तिनीहरूमाथि यहोवाले सियोन डाँडाबाट शासन गर्नुहुनेछ,

      अहिले र सदासर्वदा।

  • मत्ति २४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।+ त्यसपछि यस युगको अन्त हुनेछ।

  • प्रकाश ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

  • प्रकाश ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यसो भने: “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्‍ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने