प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्‌गुर बगान हो।+

      मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्‌।

      मैले न्यायको आशा गरेको थिएँ+

      तर हेर, चारैतिर अन्याय भयो।

      धार्मिकताको आशा गरेको थिएँ

      तर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+

  • यसैया ५९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सत्य ओझेलमा परेको छ,+

      खराब मार्ग छोडेर फर्कनेहरू लुटिएका छन्‌।

      यहोवाले जताततै यस्तो अन्याय देख्नुभयो

      र उहाँ साह्रै दुःखी हुनुभयो।*+

  • यर्मिया ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यरुसलेमका बाटोहरूमा डुलिहेर।

      चारैतिर राम्ररी नियालेर हेर।

      त्यसका चोकहरूमा खोजिहेर।

      न्यायको मार्गमा हिँड्‌ने+

      र वफादार भई चल्न खोज्ने एक जना मात्रै भेट्टाउन सक्यौ भने पनि

      म त्यस सहरलाई क्षमा गर्नेछु।

  • आमोस ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ घोडाहरू चट्टानमा दौडन्छन्‌ र?

      अनि कसैले गोरु लगेर चट्टानमा जोत्छ र?

      तिमीहरूले न्यायलाई विषालु बोटजस्तै बनाएका छौ

      अनि धार्मिकताको फललाई तीतेपातीजस्तै* पारिदिएका छौ।+

  • हबकुक १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ कानुन-व्यवस्था कमजोर भएको छ,

      न्याय कतै पनि छैन।

      दुष्टहरूले असल मानिसलाई घेरेका छन्‌,

      त्यसैले त न्यायलाई टेढो पारिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने