१७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+
अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्;
ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+
१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।
किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछ
अनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+