प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २१:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?+

  • मत्ति २१:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ साथै जो यस ढुङ्‌गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्‌गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”+

  • लुका २०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर उहाँले सीधै तिनीहरूलाई हेरेर भन्‍नुभयो: “त्यसोभए यस्तो लेखिनुको अर्थ के हो त: ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ’?+ १८ जो यस ढुङ्‌गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्‌गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”

  • रोमी ९:३१-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तर इस्राएलले व्यवस्थाअनुसार चलेर धर्मी ठहरिन कोसिस गरे तापनि तिनीहरू पूर्णतया व्यवस्थाअनुसार चलेनन्‌। ३२ के कारणले गर्दा? किनभने तिनीहरूले विश्‍वासद्वारा होइन तर कामहरूद्वारा धर्मी ठहरिन कोसिस गरे। तिनीहरूले “ठेस लाग्ने ढुङ्‌गा”-मा ठेस खाए।+ ३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्‌गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्‍वास गर्छ, ऊ निराश हुनेछैन।”+

  • १ कोरिन्थी १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर हामी भने ख्रिष्ट खम्बामा मारिनुभएको विषयमा प्रचार गर्छौँ, जुन यहुदीहरूका लागि ठक्करको कारण र अन्यजातिहरूका लागि मूर्खता हो।+

  • १ पत्रुस २:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्‍वास गऱ्‍यौ तर विश्‍वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ”+ ८ अनि “ठेस लाग्ने ढुङ्‌गो र ठक्कर दिने चट्टान” बनेको छ।+ तिनीहरू ठेस खान्छन्‌ किनकि तिनीहरू परमेश्‍वरको वचन पालन गर्दैनन्‌। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने