२८ जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्यो+२९ किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो होइन तर परमेश्वरबाट अख्तियार पाएको व्यक्तिले जस्तोगरि सिकाइरहनुभएको थियो।+
४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन् किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+