-
व्यवस्था १३:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “यदि तिमीहरूमाझ भविष्यवक्ता वा भावी बताउने स्वप्नदर्शी देखा पऱ्यो र उसले भविष्यबारे केही कुरा भन्यो वा कुनै चिन्ह दियो २ अनि उसले भनेको कुरा वा चिन्ह पूरा पनि भयो भने उसले तिमीहरूलाई यसो भन्ला, ‘आओ! हामी अरू देवताहरूलाई पुजौँ,’ जसलाई तिमीहरूले चिनेकै छैनौ। ‘हामी तिनीहरूकै पछि लागौँ अनि तिनीहरूकै सेवा गरौँ।’ ३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्ताको वा स्वप्नदर्शीको कुरा नसुन्नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्वरले तिमीहरूलाई जाँच्नुभएको हो।+
-