प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+

  • यर्मिया ५१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ बेबिलोन यहोवाको हातमा सुनको कचौराबराबर थियो।

      त्यसले पूरै पृथ्वीलाई मात्तिनेगरि पिउन लगायो।

      राष्ट्रहरूले त्यसको रक्सी पिएका छन्‌।+

      त्यसैले तिनीहरू बौलाएका छन्‌।+

  • इजकिएल २९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन्‌ र देशलाई लुट्‌नेछन्‌। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’

  • दानिएल ५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे महाराज, सर्वोच्च परमेश्‍वरले हजुरका बुबा नबुकद्‌नेजरलाई राज्य, मानसम्मान अनि ऐश्‍वर्य दिनुभयो र उहाँलाई महान्‌ तुल्याउनुभयो।+ १९ परमेश्‍वरले उहाँलाई महान्‌ तुल्याउनुभएकोले सबै राष्ट्रका र सबै भाषाका मानिसहरू उहाँको अगाडि डरले थरथर काँप्थे।+ उहाँले जसलाई चाहनुहुन्थ्यो, त्यसलाई मार्न वा छोडिदिन सक्नुहुन्थ्यो अनि जसलाई चाहनुहुन्थ्यो, त्यसलाई महिमित पार्न वा खसाल्न सक्नुहुन्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने