-
यहोसु १३:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए। १६ तिनीहरूको इलाका यी नै हुन्: अर्नोन बेँसीको किनारामा पर्ने अरोएर र बेँसीको बीचमा पर्ने सहर अनि मेदेबाको सबै पठार;
-
-
२ राजा १०:३२, ३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ त्यसबेला यहोवा परमेश्वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्न इलाकामा आक्रमण गरिरहे।+ ३३ तिनले यर्दनको पूर्वपट्टि पर्ने गिलादको सम्पूर्ण इलाकादेखि आक्रमण गर्न सुरु गरे। त्यहाँ गाद, रुबेन र मनस्सेको कुल+ बस्थे। त्यस इलाकामा अर्नोन बेँसीनजिकै* पर्ने अरोएरदेखि गिलाद र बासानसम्मको भूभाग पर्थ्यो।+
-