-
यर्मिया ८:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मेरो पीडा निको नै नहुने खालको छ;
मेरो हृदय व्याकुल भएको छ।
१९ टाढाको देशबाट गुहार मागिँदै छ
मेरा मानिसहरूकी छोरी यसो भनिरहेकी छे:
“के यहोवा सियोनमा हुनुहुन्न?
के त्यहाँका राजा त्यहाँ छैनन्?”
“खोपिएका मूर्तिहरू र व्यर्थका विदेशी देवताहरूको पूजाआजा गरेर
तिनीहरूले मलाई किन रिस उठाए?”
-
-
यर्मिया ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मेरो शिर पानीले भरिएको कुवा
र मेरो आँखा पानीको धारा भएको भए,+
मरिगएका मेरा मानिसहरूको निम्ति
म दिनरात रोएर बस्ने थिएँ।
-