-
उत्पत्ति ४१:४१, ४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ अनि फारोले युसुफलाई अझै यसो भने: “हेर, मैले तिमीलाई सारा मिश्रको अधिकार सुम्पेको छु।”+ ४२ यति भनिसकेपछि फारोले आफ्नो छापऔँठी फुकाले र युसुफलाई लगाइदिए अनि उच्चकोटिको मलमलको दामी लुगा र गलामा सुनको हार पनि पहिराइदिए।
-
-
एस्तर ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब मोर्दकै राजाको सामनेबाट निस्के। तिनको शिरमा सुनको सानदार मुकुट थियो र तिनले शाही पोसाक लगाएका थिए, जुन निलो धागो र सेतो धागोबाट बनेको थियो। तिनले त्यसमाथि उच्च कोटीको बैजनी ऊनबाट बनेको अलखा+ पनि लगाएका थिए। तब सुसन सहरका मानिसहरू खुसीले कराउन लागे।
-