-
यसैया ५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अब म आफ्नो अङ्गुर बगानलाई के गर्नेछु,
त्यो तिमीहरूलाई बताउँछु।
म त्यसको बार भत्काइदिनेछु
अनि त्यो बगान आगोले भस्म हुनेछ।+
म त्यसको ढुङ्गाको पर्खाल भत्काइदिनेछु
अनि त्यसमाथि कुल्चीमिल्ची गरिनेछ।
-
-
यर्मिया ४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ सियोनको बाटो देखाउन एउटा झन्डा ठड्याओ।
सुरक्षाको निम्ति शरण खोज, एकै ठाउँमा ठिङ्ग नउभिओ”
किनभने म उत्तरबाट ठूलो विपत्ति,+ महाविनाश ल्याउँदै छु।
-
-
इजकिएल ६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरू जहाँसुकै बसे पनि, जुनसुकै सहरमा बसे पनि ती उजाड पारिनेछन्+ र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू ध्वस्त पारिनेछन् र ती उजाडै रहनेछन्।+ तिमीहरूका वेदीहरू धुलोपिठो पारिनेछन्, तिमीहरूका घिनलाग्दा मूर्तिहरू सर्वनाश हुनेछन्, तिमीहरूका धूपदानीहरू भाँचिनेछन् र तिमीहरूका कामको नामोनिसान रहनेछैन।
-