२१ जसरी पेराजिम डाँडामा यहोवा उठ्नुभएको थियो, त्यसरी नै उहाँ फेरि उठ्नुहुनेछ।
जसरी गिबोन नजिकैको बेँसीमा उहाँ खडा हुनुभएको थियो,+ त्यसरी नै उहाँ फेरि खडा हुनुहुनेछ।
आफ्नो अनौठो काम पूरा गर्नलाई,
हो, आफ्नो असाधारण काम पूरा गर्नलाई उहाँ उठ्नुहुनेछ।+