११ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन।+ म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्ने चाहन्छु।+ १२ तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्नेछु।’+