१० राजाले ‘हिन्नोमका सन्तानको बेँसी’-मा*+ पर्ने तोफेथ+ भन्ने ठाउँलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। कसैले पनि त्यहाँ मोलेक देवताको निम्ति आफ्नो छोरा वा छोरीलाई आगोमा बलि चढाउन नपाओस् भनेर तिनले यसो गरेका थिए।+
३२ “यहोवा घोषणा गर्नुहुन्छ: ‘हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले त्यसलाई तोफेथ वा “हिन्नोमको छोराको बेँसी”* होइन, बरु हत्या बेँसी भन्नेछन्। तोफेथमा खाली ठाउँ नै नरहनेगरि लासहरू गाडिनेछन्।+