प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्‍नेछ

      अनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+

  • यर्मिया ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “म कसलाई भनूँ र चेतावनी दिऊँ?

      कसले मेरो कुरा सुन्ला?

      तिनीहरूको कान बन्द भएको छ,* त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्‌।+

      तिनीहरूले यहोवाको वचनको अपमान गरेका छन्‌;+

      तिनीहरूलाई त्यो सुन्‍नै मन पर्दैन।

  • मर्कुस ७:३२-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यहाँ तिनीहरूले उहाँकहाँ एक जना बहिरो अनि भकभके मानिस ल्याए+ र त्यस मानिसमाथि आफ्नो हात राखिदिन उहाँलाई अनुरोध गरे। ३३ उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो र उसको कानमा आफ्नो औँला हाल्नुभयो अनि थुकेपछि उसको जिब्रो छुनुभयो।+ ३४ त्यसपछि उहाँले आकाशतिर हेरेर लामो सास तान्‍नुभयो र उसलाई भन्‍नुभयो: “इफ्फाता,” जसको अर्थ हो, “खोलिजा।” ३५ तब ऊ फेरि सुन्‍न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो।

  • लुका ७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जाओ र तिमीहरूले जे देख्यौ अनि सुन्यौ, युहन्‍नालाई त्यो बताइदेओ: अन्धाहरूले देख्न थालेका छन्‌,+ लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌,+ मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने