प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • यसैया ११:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,

      त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+

  • यसैया ४९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म मेरा सबै पर्वतलाई सम्म परेको बाटो बनाउनेछु

      अनि मेरा मूलबाटोहरूलाई उचाल्नेछु।+

  • यसैया ६२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।

      मानिसहरूको लागि बाटो तयार पार।+

      मूलबाटो बनाओ।

      त्यसमा भएका ढुङ्‌गाहरू हटाओ।+

      जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्‌याओ।+

  • यर्मिया ३१:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ आफ्नो लागि सडकमा चिन्हहरू ठड्‌याऊ

      अनि खम्बाहरू खडा गर।+

      तिमी हिँड्‌नुपर्ने मूलबाटोतिर नजर लगाऊ।+

      फर्किआऊ, ए इस्राएलकी कुमारी केटी, आफ्ना यी सहरहरूमा फर्केर आऊ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने