-
२ राजा १८:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट+ तर्तान,* रबसारिस* र रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना यरुसलेममा+ राजा हिजकियाहकहाँ पठाए। तिनीहरू यरुसलेम गए अनि माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए, जुन धोबीको चौर+ जाने मूलबाटोको छेउमा थियो। १८ तिनीहरूले राजालाई बाहिर बोलाउँदा हिल्कियाहका छोरा एलियाकिम,+ सेब्नाह र आसापका छोरा योआ बाहिर आए। एलियाकिमले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सेब्नाह+ सचिव थिए र योआचाहिँ लेखनदास थिए।
-