प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:१९-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ रबसाकेले उनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्‍नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ २० तिमी भन्छौ, ‘युद्ध लड्‌न मसित रणनीति र शक्‍ति छ’ तर यी सब खोक्रा कुरा हुन्‌। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्‍यौ?+ २१ हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो।+ जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्‌छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्‌, तिनीहरू सबैको हालत यस्तै हुन्छ। २२ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्‍वर यहोवामा भरोसा गर्छौँ ’+ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यरुसलेमको यो वेदीसामु निहुरिनू’ भन्दै छन्‌?”’+ २३ त्यसैले आऊ, मेरा मालिक अस्सेरियाका राजासित यस्तो बाजी थाप: यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु।+ २४ यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्‌ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ। २५ अनि तिमीलाई के लाग्छ? के म यहोवाको अनुमति नलिईकनै यस देशलाई नाश गर्न आएको हुँ? यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’”

  • २ राजा १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्‌: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने