-
२ राजा १८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनले नै उपासनाको लागि बनाइएका अग्ला थानहरू * हटाएका थिए,+ पवित्र थामहरू * ढालिदिएका थिए र पवित्र खामो* टुक्राटुक्रा पारिदिएका थिए।+ तिनले मोसाले बनाएको तामाको सर्पलाई पनि टुक्राटुक्रा पारिदिएका थिए।+ त्यसलाई ‘तामाको सर्पको मूर्ति’* भनिन्थ्यो। इस्राएलीहरूले त्यसबेलासम्म पनि त्यसको अगाडि माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाउन छोडेका थिएनन्।
-
-
२ इतिहास ३१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ चाड मनाउन सिद्धिसकेपछि त्यहाँ भेला भएका सबै इस्राएली यहुदाका सहरहरूमा गए। तिनीहरूले ती सहरहरूमा भएका पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए,+ पवित्र खामाहरू* ढालिदिए+ अनि अग्ला थानहरू *+ र वेदीहरू+ पनि भत्काइदिए। तिनीहरूले यहुदा र बिन्यामिनको सारा इलाकामा अनि एप्रैम र मनस्सेको+ इलाकामा पनि त्यसै गरे र ती कुराहरूको नामोनिसान मेटाइदिए। त्यसपछि सबै इस्राएली आ-आफ्नो सहर, आ-आफ्नो घर फर्के।
-