-
२ राजा १९:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै जाति र तिनीहरूको देशलाई ध्वस्त पारेका छन्।+ १८ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्। किनकि ती साँच्चैका ईश्वर थिएनन्;+ ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके।
-