प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १०:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु मक्केदाहबाट लिब्नाह गए र त्यहाँ आक्रमण गरे।+ ३० यहोवा परमेश्‍वरले त्यो सहर र त्यहाँका राजालाई+ पनि इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो र तिनीहरूले त्यहाँका सबै बासिन्दालाई तरबारले मारे, एक जनालाई पनि बाँकी राखेनन्‌। अनि तिनीहरूले यरिहो सहरको राजालाई जे गरेका थिए, लिब्नाहका राजालाई पनि त्यसै गरे।+

  • २ राजा ८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तैपनि एदोमले आजसम्मै यहुदाको विद्रोह गरिरहेको छ। त्यसबेला लिब्नाहले+ पनि यहुदाको विद्रोह गऱ्‍यो।

  • २ राजा १९:८-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अस्सेरियाका राजा लाकिसबाट+ गए भन्‍ने खबर सुनेपछि रबसाके उनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+ ९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह उनीसित युद्ध लड्‌न आउँदै छन्‌ भन्‍ने खबर पाए। तब उनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई+ यसो भनेर पठाए: १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्‌: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+ ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्‌, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके? गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्‌? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए? १३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम, हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्‌?’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने