-
२ राजा १९:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ त्यही रात यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३६ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३७ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत् गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा+ भागेर गए। त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।
-