-
यहोसु ४:२१-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि तिनले इस्राएलीहरूलाई भने: “पछि तिमीहरूका बालबच्चाले तिमीहरूलाई यस्तो प्रश्न गर्लान्: ‘यी ढुङ्गाहरू यहाँ किन राखेको?’+ २२ तब तिमीहरूले यसरी बुझाउनू: ‘इस्राएलीहरूले सुक्खा जमिन हुँदै यर्दन नदी पार गरे।+ २३ जसरी हामीले लाल समुद्र पार गर्दा यहोवा तिमीहरूका परमेश्वरले हाम्रै अगाडि समुद्रको पानी सुकाइदिनुभएको थियो, त्यसरी नै हामीले यर्दन नदी पार नगरुन्जेल यहोवा तिमीहरूका परमेश्वरले हाम्रै अगाडि नदीको पानी सुकाइदिनुभयो।+ २४ पृथ्वीका सबै मानिसले यहोवा परमेश्वरको हात कत्ति शक्तिशाली छ भनेर थाह पाऊन् र तिमीहरूले सधैँ यहोवा आफ्ना परमेश्वरको डर मान भनेर उहाँले यस्ता चमत्कारहरू गर्नुभएको थियो।’”+
-