-
२ राजा २०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसबेला बेबिलोनका राजा बरोदक-बलदान, जो बलदानका छोरा थिए, उनले हिजकियाह बिरामी परेका थिए भनेर सुने। त्यसैले उनले आफ्ना सन्देशवाहकहरूको हातमा हिजकियाहलाई चिठी र उपहार पठाए।+ १३ हिजकियाहले उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।
-