७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।+
९ इस्राएलीहरू यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही कुराको पछि लागे। तिनीहरूले आफ्ना सबै सहरमा—पहरेदारको किल्लादेखि पर्खालले घेरिएको सहरसम्मै* उपासनाको लागि अग्ला थानहरू* बनाउन छोडेनन्।+