-
यर्मिया ३६:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यो नवौँ महिना* थियो र राजा आफ्नो हिउँद काट्ने महलमा आगो तापेर बसिरहेका थिए। २३ यहुदैले तीन-चार हरफ पढेपछि उनले पढिसकेको भागलाई राजाले सचिवको छुरीले काटिदिन्थे र आगोमा हालिदिन्थे। पूरै मुठा आगोमा जलेर खरानी नभएसम्म तिनले यसै गरिरहे। २४ राजा र तिनका नोकरचाकर त्यस मुठामा लेखिएको कुरा सुनेर रतीभर डराएनन्। तिनीहरूमध्ये कसैले आफ्नो लुगा च्यातेन।
-