९ छक्क पर अनि अचम्म मान।+
केही पनि नदेख्नेगरि अन्धा होओ।+
तिनीहरू मात्तिएका छन् तर रक्सीले होइन।
तिनीहरू लर्खराएका छन् तर रक्सीको मात लागेर होइन।
१० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+
उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+
अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+