-
यर्मिया २५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ किनकि इस्राएलका परमेश्वर यहोवाले मलाई यसो भन्नुभयो: “मेरो हातबाट क्रोधको मद्यले भरिएको यो कचौरा लेऊ र मैले तिमीलाई पठाउन लागेका सबै राष्ट्रलाई यस कचौराबाट पिउन लगाऊ।
-
-
इजकिएल २९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “हे मानिसको छोरा, मिश्रका फारोतिर फर्क अनि फारो र सम्पूर्ण मिश्रविरुद्ध भविष्यवाणी गर।+
-
-
इजकिएल ३२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “हे मानिसको छोरा, मिश्रका फारोबारे एउटा शोकगीत गाऊ र त्यसलाई यसो भन,
‘तँ राष्ट्रहरूबीच बलियो जवान सिंहजस्तै थिइस्
तर तँलाई चुप लगाइएको छ।
तँ आफ्ना नदीहरूका पानीलाई खुट्टाले बेसरी हिर्काउने,
नदीहरूलाई धमिलो बनाउने र त्यसमा फोहोर गर्ने बडेमाको जलजन्तुजस्तै थिइस्।’+
-