२५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+ २ राजा सिदकियाहको शासनकालको ११ औँ वर्षसम्म यरुसलेम घेराबन्दीमा रह्यो।