२७ “देशमा झन्डा ठड्याओ।+
राष्ट्रहरूमाझ सिङ फुक।
त्यसविरुद्ध लड्न राष्ट्रहरूलाई तयार पार।
अरारात,+ मिन्नी र अस्कनजका+ राज्यहरूलाई हाजिर गराओ।
नयाँ-नयाँ जवान भर्ती गराउने सैनिक अफिसरलाई त्यसको विरुद्धमा खटाओ।
सलहको बथान जत्तिकै घोडाहरूको ओइरो लगाएर त्यसलाई आक्रमण गर।