२४ त्यसपछि यहोवा परमेश्वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+२५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+
७ त्यसरी नै सदोम र गमोराका अनि वरपरका सहरहरूका मानिसहरू पनि ती स्वर्गदूतहरूजस्तै घोर अवैध यौनसम्बन्धमा* चुर्लुम्म डुबे अनि अप्राकृतिक शारीरिक इच्छाको पछि लागे।+ त्यसैले तिनीहरूले दण्ड भोगे र आगोद्वारा सधैँभरिको लागि नाश पारिए अनि तिनीहरू हाम्रो निम्ति चेतावनीमूलक उदाहरण बने।+