४८ सुलेमानले यहोवा परमेश्वरको भवनको निम्ति यी सब सरसामान बनाए:+ सुनको वेदी, भेटीको रोटी राख्न सुनको टेबुल,+ ४९ निखुर सुनका पानसहरू,+ जुन भित्री कोठाको अगाडिपट्टि दायाँतिर पाँच वटा र बायाँतिर पाँच वटा राखिएका थिए, सुनका फूलहरू,+ सुनका दियोहरू र सुनका चिम्टाहरू,+