-
२ राजा २५:१८-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रो दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई+ पनि लगे। १९ अनि तिनले सिपाहीहरूमाथि खटाइएका दरबारका अफिसरलाई र सहरमा भेट्टाइएका राजाका पाँच जना सल्लाहकारलाई पनि सँगै लगे। साथै सेनापतिका सचिव, जसले देशवासीलाई सैन्य सेवाको लागि बटुल्थे, उनलाई र सहरमा अझै बाँकी रहेका सर्वसाधारणबाट ६० जनालाई पनि पक्रेर लगे। २० पहरेदारहरूका कप्तान नबुजरदानले+ तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्याए।+ २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+
-