प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २३:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसैले अब साहसी होओ अनि मोसाले लेखेको व्यवस्थाको पुस्तकमा भएका सबै कुरा होसियार भएर पालन गर;+ त्यसबाट तर्केर कहिल्यै दायाँबायाँ नलाग+ ७ र तिमीहरूसँग बसोबास गर्ने अन्य जातिहरूसित कहिल्यै घुलमिल नहोओ।+ तिनीहरूका देवीदेवताको नामसमेत नलेओ,+ तिनीहरूका देवीदेवताको नाममा कसम नखाओ र तिनीहरूका देवीदेवतालाई कहिल्यै नपुज र तिनलाई नढोग।+

  • यर्मिया २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ के कुनै जातिले आफ्नो ईश्‍वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्‍वर नै होइन?

      तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+

  • यर्मिया १२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिनीहरूले मेरा मानिसहरूलाई बाआल देवताको नाममा शपथ खान सिकाएझैँ यदि तिनीहरूले ‘जीवित परमेश्‍वर यहोवाको कसम’ भन्दै मेरो नाममा शपथ खान सिके र मेरा मानिसहरूको चालमा हिँडे भने मेरा मानिसहरूसँगसँगै तिनीहरूको पनि उन्‍नति हुनेछ।

  • सपन्याह १:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध

      आफ्नो हात पसार्नेछु,

      यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु

      अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+

       ५ छतमा गएर आकाशका सेनालाई दण्डवत्‌ गर्ने सबैलाई+

      अनि एकातिर यहोवालाई दण्डवत्‌ गर्दै उहाँप्रति वफादार रहने कसम खाने+

      र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने