१२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+
१४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्।+