२२ राजा हुँदा योसियाह+ आठ वर्षका थिए र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ तिनकी आमाको नाम यदिदाह थियो। उनी बोज्काथमा+ बस्ने आदायाहकी छोरी थिइन्। २ योसियाहले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे। तिनी आफ्ना पुर्खा दाउदको चालमा हिँडे,+ तिनी त्यसबाट दाहिने वा देब्रे लागेनन्।