७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।+
८ मैले तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि तिनीहरूले जे-जस्तो गरे, अहिले पनि त्यस्तै गरिरहेका छन्। तिनीहरू अरू देवताहरूको उपासना गरेर+ मलाई बारम्बार तिरस्कार गर्छन्+ अनि तिनीहरू अहिले तिमीलाई पनि तिरस्कार गर्दै छन्।