१९ के तपाईँले यहुदालाई सधैँको लागि तिरस्कार गर्नुभएको हो? वा सियोनलाई घृणा गर्नुभएको हो?+
निको नै नहुनेगरि तपाईँले किन हामीलाई घायल पार्नुभयो?+
हामीले शान्ति छाउने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,
अवस्था सुध्रिएला भन्ने आशा गरेका थियौँ तर आतङ्क पो मच्चियो!+