९ तिमीहरू चोरी गर्छौ,+ हत्या गर्छौ, व्यभिचार गर्छौ, झूटो कसम खान्छौ,+ बाआल देवतालाई बलि चढाउँछौ+ अनि चिन्दै नचिनेका देवताहरूको पछि लाग्छौ। १० अनि मेरो नामले चिनिएको यस भवनमा आएर मसामु खडा भएर यसो भन्छौ, ‘हामीलाई केही हुनेछैन।’ यी सबै घिनलाग्दा कामहरूको बाबजुद तिमीहरू कसरी यस्तो कुरा सोच्न सक्छौ?