-
एज्रा ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “हे मेरा परमेश्वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्वर, हाम्रा पापहरू ज्यादै धेरै छन् र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+
-
-
नहेम्याह ९:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+
-
-
दानिएल ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ।
-
-
दानिएल ९:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “हे यहोवा! हामी अनि हाम्रा राजाहरू, भारदारहरू र पुर्खाहरू सबै लज्जित भएका छौँ किनकि हामीले तपाईँविरुद्ध पाप गरेका छौँ।
-