प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिनीहरूले यहोवालाई त्यागेका छन्‌। तिनीहरू यसो भन्‍न छोड्‌दैनन्‌,

      ‘उहाँले हामीलाई केही गर्नुहुनेछैन।*+

      हामीमाथि कुनै विपत्ति आइलाग्नेछैन;

      हामीले तरबार वा अनिकालको सामना गर्नुपर्नेछैन।’+

      १३ भविष्यवक्‍ताहरू खोक्रा कुरा गर्छन्‌,

      तिनीहरूसित परमेश्‍वरको वचन छैन।

      तिनीहरूको कुराजस्तै तिनीहरू पनि बिलाएर जाऊन्‌!”

  • यर्मिया २३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले ती भविष्यवक्‍ताहरूबारे सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

      “तिनीहरूलाई म तीतेपाती चपाउन लगाउनेछु

      र विषालु पानी पिउन लगाउनेछु+

      किनकि यरुसलेमका भविष्यवक्‍ताहरूले गर्दा देशका सबै मानिसले मलाई त्यागेका छन्‌।”

  • इजकिएल १२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि इस्राएलको घरानामा कसैले पनि झूटा दर्शन देख्नेछैन र जोखना हेरेर फुस्लाउने* कुरा गर्नेछैन।+

  • इजकिएल १३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्‌; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्‌। तब म नै ब्रह्‍माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने