-
१ इतिहास २८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+
-
-
२ इतिहास ७:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तर यदि तिमी मबाट तर्केर गयौ, मैले तिमीसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्यौ अनि तिनीहरूलाई दण्डवत् गऱ्यौ भने+ २० मैले इस्राएलीहरूलाई जुन देश दिएको थिएँ,+ त्यस देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु। अनि यसलाई सबै जातिका मानिसहरूमाझ हाँसोको पात्र बनाउनेछु र सबै जनाले यसलाई हाँसोमा उडाउनेछन्।+
-