२८राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+
३ साथै तिनले ‘हिन्नोमको छोराको बेँसी’-मा* माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाए र आफ्ना छोराहरूलाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए,+ जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो।
६ तिनले ‘हिन्नोमको छोराको बेँसी’-मा+ आफ्नै छोराहरूलाई आगोमा बलि चढाए।+ तिनले जादु गर्ने,+ भावी बताउने र टुनामुना गर्नेजस्ता कामहरू गरे। साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्त गरे।+ तिनले यहोवा परमेश्वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।