-
२ राजा २४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्।
-
-
२ इतिहास ३६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे।+
-